दफा ४२१
अर्काको सम्पत्ति हस्तान्तरण गर्न नहुने

(१) कसैले पनि अर्काको हक र स्वामित्वको सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाउने छैन ।
(२) उपदफा (१) विपरीत कसैले सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिम हक हस्तान्तरण गरेको सम्पत्ति वास्तविक स्वामित्ववालाले दाबी गरेमा त्यस्तो सम्पत्ति प्राप्तगर्ने व्यक्तिले त्यस्तो सम्पत्ति सम्बन्धित स्वामित्ववालालाई फिर्ता गर्नु पर्नेछ ।
(४) कसैको हराएको वा चोरी भएको सम्पत्ति कसैले फेला पारेको भए त्यस्तो सम्पत्तिको स्वामित्ववालाले त्यसरी सम्पत्तिहराएको वा चोरी भएको मितिले तीन वर्षभित्र त्यस्तो सम्पत्तिमा आफ्नो स्वामित्व रहेको सवुत सहित दाबी गर्न सक्नेछ।
(५) उपदफा (४) बमोजिम कसैले त्यस्तो सम्पत्ति दाबी गर्न आएमा त्यस्तो सम्पत्ति फेला पार्ने व्यक्तिले त्यस्तोसम्पत्ति संरक्षण वा मर्मत सम्भार गर्दा कुनै रकम खर्च गरेको भए त्यस्तो रकम लिई त्यस्तो सम्पत्तिस्वामित्ववालालाई फिर्ता दिनु पर्नेछ ।
(६) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चोरीको वा कसैको हराएको सम्पत्ति सार्वजनिक बजार वाकुनै व्यक्ति वा निकायले सार्वजनिक रूपमा गरेको लिलाम वा बढाबढद्वारा खरिद गरी प्राप्त गरेको रहेछ भने त्यस्तोसम्पत्तिको स्वामित्ववालाले त्यस्तो सम्पत्ति प्राप्त गर्दा निजले कुनै शुल्क वा रकम तिरेको भए त्यस वापतको रकमनबुझाएसम्म त्यस्तो सम्पत्ति वास्तविक स्वामित्ववालालाई फिर्ता गर्न वाध्य हुने छैन ।